गुरुवार, 23 दिसंबर 2010

पकली

आज धेरै दिन पछि म blog लेख्दै छु। पकली मा मैले वर्ल्ड लिंक को नेट जोड़े पछि म पनि सबै साथी हरु संग नजिक ता छु तर अंग्रेजी राम्रो नभयेकोले बिदेशी साथी हरु टाढा हुदै छन । काम गर्दै जांदा कहिले कही समस्या हुन्छा नै आज ८ गते पौष हो । बिहान हामी नेपाल प्रहरी अनि सशत्र प्रहरी भएर हामी सुकुम्बशी ले बनाऊं लागेको झोपड़ी घर हरु भतकाउन का लागी गयौ । दुख लाग्छ हामी (श्रीमती) दुबई जाना लाई । जाडो को बेला बिहान खाना पकायेर खाने बेला मा प्रहरी ले घर का थाले पछि को स्थिति ले मन अमिलो भये पनि आदेश को पालना मा खटीयेर काम सुरु गर्यौ करीब १०० जना ले ३ घंटा मा सबै जसो घर उजाडेर बांस बोकर हामी कार्यालय आयौ ।
०६७ पौष ८ गते बिहीबार

रविवार, 29 अगस्त 2010

Facebook | Bipin Gautam

Facebook Bipin Gautam

भाद्र ६ - धरानका पत्रकार लिलानाथ घिमिरेमाथि भएको कुटपिटबारे अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयले आइतबार छानबिन समिति गठन गरेको छ । अञ्चल प्रहरी प्रमुख एसएसपी मिङ्मार लामाको निर्देशनमा आक्रमण भएको पत्रकार घिमिरेको दाबी छ ।

प्रहरीले प्रहरी नायव महानिरीक्षक टपेन्द्रध्वज हमालको संयोजकत्वमा कामु प्रहरी उपरीक्षक दिलीप चौधरी र प्रहरी नायव उपरीक्षक सुरेश बस्नेत सदस्य रहेको छानबिन समिति गठन गरेको आइतबार साँझ जारी विज्ञप्तीमा उल्लेख छ ।

अञ्चल प्रहरी कार्यालय सुनसरीका प्रमुखबाट पत्रकारमाथि भएको दुर्व्यवहारको आरोप र इलाका प्रहरी कार्यालय धरानले सो सम्बन्धि मुद्धा दर्ता अस्वीकार गरेको विषयमा समितिले छानबिन गर्ने विज्ञप्तीमा उल्लेख छ । 'उल्लेखित विषयमा स्थलगत भ्रमण गरी घटनाको विस्तृत अनुसन्धान गरी सत्य तथ्यसहितको प्रतिवेदन अविलम्ब पेस गर्न उक्त छानबिन समितिको गठन गरिएको छ,' विज्ञप्तीमा उल्लेख छ ।

आइतबार राति एसएसपी लामा र उनका सहयोगीहरु धरान- १३ स्थित हिल गार्डेन रेष्टुराँमा मादक पदार्थ खाएर अमर्यादित गतिविधि गरिरहेको सूचनाका आधारमा त्यहाँ पुगेका घिमिरेमाथि आक्रमण भएको थियो । घिमिरेलाई लामाका सहयोगी थमान गुरुङले सिसाको गिलासले प्रहार गरेको प्रत्यक्षदर्शीको आरोप छ । घाइते पत्रकारको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । उनको दायाँ आँखाको डिलमा गम्भीर चोट लागेको छ ।

प्रकाशित मिति: २०६७ भाद्र १३ ०९:०२