मंगलवार, 8 फ़रवरी 2011

नया प्रधानमंत्री नियुक्त

इलाम जिल्लाको साँखेजुङमा जन्मेका खनाल इलाम जिल्ला क्षेत्र नं. १ बाट संविधान सभा सदस्यमा चुनिएका थिए । विद्यार्थी जीवनदेखि भूमिगत कम्युनिष्ट राजनीतिमा लागेका खनाल तत्कालिन नेपाल कम्युनिष्ट पार्टी मालेको पोलिट ब्यूरो सदस्य हुँदै महासचिव सम्म बनेका थिए । २०४७ सालमा नेकपा मार्क्सवादी र नेकपा माले मिलेर नेकपा एमाले भएपछि यिनी सो पार्टीको स्थायी समिति सदस्य रहँदै आएका थिए । २०६६ सालको बुटवल अधिवेशन पछि उनी एमालेको अध्यक्षमा निर्वाचित भएका हुन् । यीनी पटक पटक मन्त्री पनि भएका छन । झलनाथ खनाल नेपाल गणतन्त्र मुलुक भएपछी नेपालको तेस्रो c विक्रम संवत् २०६७ माघ २० गते संविधान सभाबाट निर्वाचित हुनुभएको छ ।
माघ २० गतेको बिहान नौ बजेसम्म कुनै पनि पार्टीलाई समर्थन नगर्ने भन्ने अड्डीमा सात महिनादेखि डटेर उभिएको एकीकृत माओवादी पार्टीले कसैलाई थाहै नदिई दिउँसो १२ बजे आप\mनो अध्यक्षको उम्मेदवारी फिर्ता लिने र 'वैचारिक निकटताका आधारमा नेकपा एमालेका कमरेड झलनाथ खनाललाई समर्थन दिने' अनौठो निर्णय गर्‍यो । कसरी यस्तो उल्टो गंगा बग्यो भनेर अरूका त कुरै नगरौँ, स्वयं माओवादी पार्टीभित्रका नेता र सभासद्हरू पनि अलमल्ल परे । माओवादीले झलनाथलाई कुनै हालतमा समर्थन दिँदैनन् भन्ने एमालेहरू पनि दंगदास भए । नेपाली कांग्रेसले यसभित्र षड्यन्त्रै पसेको बुझ्यो । एकीकृत माओवादीलाई समर्थन दिन तयार भएका ६ थान साना पार्टी केहीबेरसम्म यो के भयो भनेर अलमल्ल परे । तर किस्मत का धनि झलनाथ माघ २० प्रधान मंत्री मा नियुक्त भय ।

एनेकपा (माओवादी) र नेकपा (एमाले) बीच आज २० माघ २०६७ का दिन निम्नलिखित सहमति गरिएको छः

१. राष्ट्रिय स्वाधीनता, अखण्डता र मुलुकको सार्वभौमिकताको रक्षार्थ दृढतापूर्वक उभिँदा सामन्ती व्यवस्थाका सबै रूपको अन्त्य गर्दै देशमा सामाजिक-आर्थिक रूपान्तरण गरी स्वाधीन अर्थतन्त्रको निर्माण गर्दै जनताको समावेशी लोकतन्त्रलाई सुदृढ गर्ने र समाजवादउन्मुख राजनीतिक सामाजिक व्यवस्था निर्माण गर्न अगाडि बढ्न हामी दुवै सहमत भएका छौँ । उपरोक्त आधारमा अन्य सबै वामपन्थी, देशभक्त तथा लोकतान्त्रिक शक्तिहरूलाई समावेश गर्दै अगाडि बढ्नसमेत हामी सहमत भएका छौँ ।

२. गणतन्त्रलाई संस्थागत गर्ने, राज्यको पुनर्संरचना गरी संघीय राज्य बनाउने, जनताको समावेशी लोकतन्त्रलाई सुदृढ गर्ने र सामन्तवादका सबै रूपको अन्त्य गरी राष्ट्रिय स्वाधीनतालाई सुदृढ गर्ने नयाँ संविधान निर्माण गर्न दुवै पार्टी सहमत छौँ ।

३. शान्तिप्रक्रियालाई उपलब्धिमूलक निष्कर्षमा पुर्‍याउन माओवादी सेनाका लाडाकुहरूको स्वेच्छिक अवकाश, पुनस्र्थापना र समायोजन कार्यलाई सम्मानजनक रूपमा सम्पन्न गरिनेछ । सुरक्षा निकायमा समायोजन गर्ने सम्बन्धमा अहिलेसम्म भएका कामहरूलाई निरन्तरता दिँदै माओवादी लाडाकुहरूको छुट्टै वा अन्य सुरक्षा निकायको समेतको संलग्नतामा छुट्टै फोर्स निर्माण गर्ने सहमति भएको छ ।

४. संयुक्त सरकार बनाउन दुवै पार्टी सहमत छौँ । सरकार सञ्चालनमा सहयोग गर्नका लागि उच्चस्तरीय संयन्त्र बनाइनेछ । त्यसको नेतृत्व दुई पार्टीका अध्यक्षले आलोपालो गर्नुहुनेछ । यस सन्दर्भमा सकेसम्म धेरै पार्टीलाई समावेश गरी नयाँ सरकार बनाइनेछ । गृह र रक्षालगायतका महत्त्वपूर्ण मन्त्रालयको उचित र सम्मानजनक बाँडफाँड गरिनेछ । यसको जिम्मेवारी दुवै पार्टीका अध्यक्षले लिनुहुनेछ ।

५. नयाँ सरकारको न्यूनतम साझा कार्यक्रम र आचारसंहिता बनाई लागू गरिनेछ ।

६. आपसी सहमतिको आधारमा भविष्यमा सरकारको नेतृत्व आलोपालो गरी दुवै पार्टीको बीच दीर्घकालीन सहकार्य र सहयात्रालाई अगाडि बढाइनेछ ।

७. प्रधानमन्त्रीको चालू निर्वाचन प्रक्रियामा एनेकपा -माओवादी) ले नेकपा -एमाले) का प्रधानमन्त्री पदका उम्मेदवारलाई मतदान गर्ने सहमति भएको छ ।

प्रचण्ड झलनाथ खनाल

अध्यक्ष, एनेकपा (माओवादी) अध्यक्ष, नेकपा (एमाले)