रविवार, 30 नवंबर 2008
आज दिसम्बर १ गते Monday १६ मंगशीर सोमबार
आज म बिहान उठे । धारा मा पानी थियन । केहिदीन देखि Barclayville मा पानी को अभाव नै छ । पाकिस्तानी आर्मी को पानी ल्याउने ट्रक बिग्रेको ले पनी यो समस्या आएको हो । हिजो हार्पर बाट ट्रक को सामान आएको छ । अब केहिदीन मा हाम्रो पानी को समस्या सकिन्छ । म र मनोजित भाई १५ दिन को बिदा लिएर MONROVIA छौ । मेडल परेड को कार्यक्रम छ नेपाल F P U १ मा ससस्त्र प्रहरी अनि नेपाल आर्मी को मेडल परेड हुन्छ । हामी ले पनि यसै समय मा सहभागी हुने इच्छा राखेको थियौ तर हुन नसकेको ले मन खिन्न भएको छ । जे भय पनि आफु सहभागी हुन नपाये पनि हेरेर मन रमाइलो पार्ने मौका भने मिल्ने भो भनेर खुशी छौ । MONROVIA जान लाई २ घंटा हेलीकॉप्टर को यात्रा गर्नु पर्ने हुन्छ। आज को दिन आनंद ले बित्यो । SYED ASGHAR & म L N P पुगेर आयौ । आज साँझ हामी मनोजित भाई , म र SIA MAWALA पैदल गयौ । छोटो evening walk भयो । आज पानी पर्ला जस्तो भएर हतार हतार office आयौ । साँझ को खाना सार्टी ले पकाए पछि खाएर ब्लॉग लेख्न बसे । सुमधुर धुन को साथ मा ब्लॉग लेख्न खूब मज्जा आउदो रहेछ । LIBERIA को बसाई अबिस्मरनिय हुने भो मेरो लागी . आज को रात सकिय पछि हाम्रो १० महिना को सुरुवात हुन्छ मिसन को ९ महिना सकियो । बिपिन ३० नवम्बर २००८ २२:२० बजे राती ।
सदस्यता लें
टिप्पणियाँ भेजें (Atom)
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें