शुक्रवार, 8 जुलाई 2011

My GrandMother


हाम्री हजुरआमा गंगा देवी भट्टराइ को असामयिक् निधन २०६८ असार २३ गतेको बिहान् राती १२ बजेर २ मिनट मा भयो । अहिले बिराटनगर कान्छा मामा को घर मा ठुलिआमा मामामाइजु हाम्री आमा हरु काज किरिया मा बस्नु भएको छ । पानी पर्ने सिजन भएे पनि अन्तेश्टि को समय सम्म पानी नपरी दिनाले हामी लाई खास समस्या भएन । एक जना माइली ठुलिआमा मात्र पहाड बाट आउन बाँकी छ । बिन कुनै रोग त्रियनब्बे बर्ष कटेर हस्पिटल् मा बास नबसि स्वर्गरोहण हुनु पनि राम्रो हो नि । सुइ भने पछी असाद्य डराउने हाम्री हजुर आमा लाई हार्दिक श्रदान्जली ।

गुरुवार, 26 मई 2011

साधना पत्रिका बाट

मिर्गौलामा पत्थर भएमा त्यसलाई कहाँबाट कसरी निकाल्ने भन्ने यससम्बन्धमा गहन कुराहरु युरो र्सजनबाट थाहा पाउन सकिन्छ तर पनि केही कुरा स्पष्ट पार्न चाहन्छु हाम्रो मिर्गौलामा मि.मि. भन्दा सानो पत्थर भएमा आफैं आउने सम्भावना रहन्छ तर त्यसलाई ठूलो हुन नदिन गहतको दाल, सिस्टोन वा निरीजस्ता औषधिले सहयोग गर्ने कुरामा धेरैले विश्वास गर्छन् त्यस्तै मिर्गौलाको बनावटमा यो लाम्चो घिउसिमीजस्तो आकारको हुने पिसाब बन्ने प्रक्रिया तीनवटा क्यालिक्स भन्ने जम्मा हुने नलीजस्तोबाट आएर एउटै मूत्रवाहिनी नली -युरेटर)मा हुँदा पिसाबथैलीमा पिसाब जान्छ त्यसरी बग्ने पिसाब माथिल्लो बीचको क्यालिक्सबाट प्राकृतिक रुपमा बग्ने, ओरालो पर्ने हुन्छ नै, तर तल्लो क्यालिक्स भने युरेटरभन्दा तल पर्ने हुनाले पिसाब तह पुगेपछि बगिहाल्छ पत्थर भने उकालो बग्न, बगाउन गाह्रो पर्ने भएकोले माथिल्लो बीचको क्यालिक्सको / मि.मि. सम्मको पत्थर आफैं बगेर जाने सम्भावना रहन्छ आशा विश्वासका साथ पानी प्रशस्त पिउने, आयर्ुर्वेदिक औषधि खाने सल्लाह दिएको हुन सक्छ एक पटक युरो र्सजनसँग सल्लाह लिनु हरेक परिवेशमा आवश्यक र्ठहर्छ

राम्रो न्रि्राका लागि १० टिप्स

. बिहान सबेरै उठ्ने गर्नुपर्छ।

. बिहान उठेपछि नियमित व्यायाम गर्नुपर्छ।

. दिउँसो कहिल्यै सुत्नुहुँदैन।

. बेलुका सुत्नुअघि मादकपदार्थको सेवन गर्नुहुँदैन।

. चुरोटमा हुने निकोटिनले निदाउन बाधा गर्ने हुनाले धूमपान गर्नुहुँदैन।

. लागूऔषधको लत भएमा पनि निदाउन गाह्रो पर्छ।

. बेलुकाको व्यायाम न्रि्राका लागि सहज नहुन सक्छ।

. महिलाको शरीरमा आइरन तत्त्व कमी भएमा न्रि्रा नलाग्न सक्छ।

. बिहान उठेपछि र्सर्ूयको किरण आफ्नो कम्मरभन्दा मुनि पार्न सके ऊर्जा प्राप्त हुन्छ।

१०. सुत्ने कोठामा सकेसम्म प्रकाश कम हुनर्ुपर्छ, उज्यालोले न्रि्रालाई बिथोल्न सक्छ।

साभार कामना

संविधानसभाको म्याद थप नभएको अवस्थामा सिर्जना हुने राजनीतिक रिक्ततामा सुरक्षा चुनौती धेरै हुने र थपिएको अवस्थामा पनि चुनौती भने कायमै रहने प्रहरीको विश्लेषण छ।
प्रहरी प्रधान कार्यालयले गृहमन्त्रालयमार्फ सरकारलाई पठाइसकेको प्रतिवेदनमा जेठ १४ पछिको परिस्थितिलाई मध्यनजर गरी बनाइएको सुरक्षा रणनीति तथा कार्ययोजनासमेत समावेश गरिएको छ।

र्सवदलीय सहमतिको आधारमा संविधानसभाको म्याद थप भएको अवस्था, दुइ तिहाइका आधारमा म्याद थप भएको अवस्था तथा संविधानसभाको म्याद थप नै नभएको अवस्थामा कस्ता चुनौती आउँछन् भन्ने विषयलाई समेत छुट्टाछुट्टै रूपमा हेरेर तयार गरिएको प्रतिवेदनले संविधानसभाको म्याद थप नभएको अवस्थामा सुरक्षा जटिलता बढी हुने र आपत्कालको स्थिति सिर्जना हुने विश्लेषण गरिएको छ।

संविधानसभाको म्याद थप नभएको अवस्थामा असामान्य रूपमा राजनीतिक रिक्तता उत्पन्न हुने र देशभर नै व्यापक अराजकताको अवस्था सिर्जना हुनसक्ने आँकलन गर्दै प्रतिवेदनमा उक्त अवस्थामा राज्य संयन्त्र विशेष गरी सुरक्षा निकाय बढी संवेदनशील भई परिचालित हुनुपर्ने आवश्यकता सुरक्षा रणनीतिमा औंल्याइएको छ।

संविधानसभाको म्याद दुइ तिहाइ बहुमतबाट थप भएको अवस्थामा असहमत दलहरूबाट बन्द, हड्ताल, विरोध पर््रदर्शनका कार्यक्रम आउन सक्ने, सरकारबाहिर रहेको मधेसी मोर्चाले आन्दोलन गर्दै बन्द हड्ताल जस्ता कार्यक्रम आयोजना गर्न सक्ने र परिस्थिति जटिल बन्न सक्ने विश्लेषण गरिएको छ।जेठ १४ पछि प्रहरीले सीमावर्ती क्षेत्रहरूमा आपराधिक क्रियाकलाप नियन्त्रण गर्न समकक्षीहरूसँग पनि आवश्यक समन्वय गर्ने, अति विशिष्ट तथा विशिष्ट व्यक्तिहरूको कार्यक्रमका बारेमा विशेष सुरक्षा सजगता अपनाउने र खतराको मूल्यांकन गरी सुरक्षा व्यवस्था मिलाउने कार्यनीति बनाएको छ। स्थानीय तथा राष्ट्रिय राजमार्गमा निरन्तर गस्ती गरी सवारी आवागमनलाई नियमित गर्ने, संवेदनशील स्थानको पहिचान गरी चौबीसै घन्टा प्रहरीको उपस्थिति कायम राख्ने र सीमा क्षेत्रको चेकजाँचलाई कडा पार्ने पनि प्रतिवेदनमा उल्लेख छ।

प्रहरीले सम्भावित सुरक्षा अवस्थाको आँकलन गर्दै सम्पर्ूण्ा प्रहरी अधिकृत तथा जवानको बिदा अस्थायी रूपमा कटौती गर्ने प्रस्ताव गर्दै तालिम केन्द्रहरूमा रहेकालाई पनि आवश्यकताअनुसार सुरक्षा व्यवस्थापनमा खटाउने योजना बनाइएको छ। प्रहरी प्रधान कार्यालय मातहतको सशस्त्र प्रहरी गण नम्बर एक र प्रहरी विशेष कार्यदलको गरी जम्मा १ हजार १ सय ३३ जनशक्तिलाई एक ठाउँ राखी रिजर्भ फोर्सको रूपमा खडा गर्ने रणनीति पनि सुरक्षा योजनामा समेटिएको छ।

विभिन्न जातीय, क्षेत्रीय, धार्मिक समूहहरूले आ-आŠनै प्रकारका मागहरू राखी राजनीतिक तरलतालाई थप अन्योलपूर्ण् बनाउने र विभिन्न सशस्त्र समूहहरूले आपराधिक गतिविधिलाई तीव्रता दिई शान्ति सुव्यवस्थामाथि नै आँच पुर्याउने अवस्था सिर्जना हुन सक्ने देखिएकाले सुरक्षा संयन्त्रलाई उच्च र्सतर्कतामा राख्नुपर्ने देखिएको छ - कार्ययोजनासहितको प्रतिवेदनमा भनिएको छ।

सोमवार, 23 मई 2011

खस छेत्री हरु को बन्द

आज खस छेत्री हरु को बन्द थियो । झुम्का मा म् बिहान् अली ढिलो गएको बन्द कर्ता हरु ले पुल त नियन्त्रण मा लि सकेछन खेद मान्छे पुल मा उभिन नदे भने पछी भिड तितर बितर भयो अनी मात्र बन्द खुल्यो तर केही छिन् पछी भने अरु पनि मानिस् आएर बजार बन्द गरे । आज दिन भरी सवारीसाधन समान्य् रुप मा चली नै रह्यो
०६८/२/९ गते सोम बार

शुक्रवार, 8 अप्रैल 2011

आज थरुहट को बंद थियो २०६७.१२.२५ शुक्रबार


आज थरुहट अनि लिम्बुवान को बंद भएर दिन अति ब्यस्त बित्यो ।
दिन भरी हामी झुम्का मा मोबाईल गरि रहे पनि २ बस को सीसा फूटे । थरुहट को मानिस त त्यती थियनन । बरु POLICE नै बढ़ी थियौ ।
हिजो आज पकली लगायत पूर्ब मा बिजुली कटौती भएर दुःख नै ६ दिन को १६ घंटा बत्ती हुन्न ।


मंगलवार, 8 फ़रवरी 2011

नया प्रधानमंत्री नियुक्त

इलाम जिल्लाको साँखेजुङमा जन्मेका खनाल इलाम जिल्ला क्षेत्र नं. १ बाट संविधान सभा सदस्यमा चुनिएका थिए । विद्यार्थी जीवनदेखि भूमिगत कम्युनिष्ट राजनीतिमा लागेका खनाल तत्कालिन नेपाल कम्युनिष्ट पार्टी मालेको पोलिट ब्यूरो सदस्य हुँदै महासचिव सम्म बनेका थिए । २०४७ सालमा नेकपा मार्क्सवादी र नेकपा माले मिलेर नेकपा एमाले भएपछि यिनी सो पार्टीको स्थायी समिति सदस्य रहँदै आएका थिए । २०६६ सालको बुटवल अधिवेशन पछि उनी एमालेको अध्यक्षमा निर्वाचित भएका हुन् । यीनी पटक पटक मन्त्री पनि भएका छन । झलनाथ खनाल नेपाल गणतन्त्र मुलुक भएपछी नेपालको तेस्रो c विक्रम संवत् २०६७ माघ २० गते संविधान सभाबाट निर्वाचित हुनुभएको छ ।
माघ २० गतेको बिहान नौ बजेसम्म कुनै पनि पार्टीलाई समर्थन नगर्ने भन्ने अड्डीमा सात महिनादेखि डटेर उभिएको एकीकृत माओवादी पार्टीले कसैलाई थाहै नदिई दिउँसो १२ बजे आप\mनो अध्यक्षको उम्मेदवारी फिर्ता लिने र 'वैचारिक निकटताका आधारमा नेकपा एमालेका कमरेड झलनाथ खनाललाई समर्थन दिने' अनौठो निर्णय गर्‍यो । कसरी यस्तो उल्टो गंगा बग्यो भनेर अरूका त कुरै नगरौँ, स्वयं माओवादी पार्टीभित्रका नेता र सभासद्हरू पनि अलमल्ल परे । माओवादीले झलनाथलाई कुनै हालतमा समर्थन दिँदैनन् भन्ने एमालेहरू पनि दंगदास भए । नेपाली कांग्रेसले यसभित्र षड्यन्त्रै पसेको बुझ्यो । एकीकृत माओवादीलाई समर्थन दिन तयार भएका ६ थान साना पार्टी केहीबेरसम्म यो के भयो भनेर अलमल्ल परे । तर किस्मत का धनि झलनाथ माघ २० प्रधान मंत्री मा नियुक्त भय ।

एनेकपा (माओवादी) र नेकपा (एमाले) बीच आज २० माघ २०६७ का दिन निम्नलिखित सहमति गरिएको छः

१. राष्ट्रिय स्वाधीनता, अखण्डता र मुलुकको सार्वभौमिकताको रक्षार्थ दृढतापूर्वक उभिँदा सामन्ती व्यवस्थाका सबै रूपको अन्त्य गर्दै देशमा सामाजिक-आर्थिक रूपान्तरण गरी स्वाधीन अर्थतन्त्रको निर्माण गर्दै जनताको समावेशी लोकतन्त्रलाई सुदृढ गर्ने र समाजवादउन्मुख राजनीतिक सामाजिक व्यवस्था निर्माण गर्न अगाडि बढ्न हामी दुवै सहमत भएका छौँ । उपरोक्त आधारमा अन्य सबै वामपन्थी, देशभक्त तथा लोकतान्त्रिक शक्तिहरूलाई समावेश गर्दै अगाडि बढ्नसमेत हामी सहमत भएका छौँ ।

२. गणतन्त्रलाई संस्थागत गर्ने, राज्यको पुनर्संरचना गरी संघीय राज्य बनाउने, जनताको समावेशी लोकतन्त्रलाई सुदृढ गर्ने र सामन्तवादका सबै रूपको अन्त्य गरी राष्ट्रिय स्वाधीनतालाई सुदृढ गर्ने नयाँ संविधान निर्माण गर्न दुवै पार्टी सहमत छौँ ।

३. शान्तिप्रक्रियालाई उपलब्धिमूलक निष्कर्षमा पुर्‍याउन माओवादी सेनाका लाडाकुहरूको स्वेच्छिक अवकाश, पुनस्र्थापना र समायोजन कार्यलाई सम्मानजनक रूपमा सम्पन्न गरिनेछ । सुरक्षा निकायमा समायोजन गर्ने सम्बन्धमा अहिलेसम्म भएका कामहरूलाई निरन्तरता दिँदै माओवादी लाडाकुहरूको छुट्टै वा अन्य सुरक्षा निकायको समेतको संलग्नतामा छुट्टै फोर्स निर्माण गर्ने सहमति भएको छ ।

४. संयुक्त सरकार बनाउन दुवै पार्टी सहमत छौँ । सरकार सञ्चालनमा सहयोग गर्नका लागि उच्चस्तरीय संयन्त्र बनाइनेछ । त्यसको नेतृत्व दुई पार्टीका अध्यक्षले आलोपालो गर्नुहुनेछ । यस सन्दर्भमा सकेसम्म धेरै पार्टीलाई समावेश गरी नयाँ सरकार बनाइनेछ । गृह र रक्षालगायतका महत्त्वपूर्ण मन्त्रालयको उचित र सम्मानजनक बाँडफाँड गरिनेछ । यसको जिम्मेवारी दुवै पार्टीका अध्यक्षले लिनुहुनेछ ।

५. नयाँ सरकारको न्यूनतम साझा कार्यक्रम र आचारसंहिता बनाई लागू गरिनेछ ।

६. आपसी सहमतिको आधारमा भविष्यमा सरकारको नेतृत्व आलोपालो गरी दुवै पार्टीको बीच दीर्घकालीन सहकार्य र सहयात्रालाई अगाडि बढाइनेछ ।

७. प्रधानमन्त्रीको चालू निर्वाचन प्रक्रियामा एनेकपा -माओवादी) ले नेकपा -एमाले) का प्रधानमन्त्री पदका उम्मेदवारलाई मतदान गर्ने सहमति भएको छ ।

प्रचण्ड झलनाथ खनाल

अध्यक्ष, एनेकपा (माओवादी) अध्यक्ष, नेकपा (एमाले)

शुक्रवार, 28 जनवरी 2011

धरान ७ माघ २०६७ Shukrabar


माघ माँ को ५ र ७ गते म यस पटक झापा जिल्ला को २ राम्रा स्थान हरू मा बिबाह को कार्यक्रम मा भाग लीन गएको थीय । भांजी सुषमा को अचानक बिबाह को खबर सुनेर मैले पनि बीदा मागेर आमा संग Gauradah गए ।धेरै बर्ष पछि म गौरदह पुगे । पिच बाटो ले यात्रा सजिलो भयो । हामी पुग्दा बेहुला आइपुगेका थियनन। भांजी का केही फोटो खिचेर बिबाह को कार्यक्रम म भाग लिएर आमा म बिराटनगर आयौ । हामी बाज़ार मा सामान किनेर हाम्रो दाजू हरी गौतम लाई भेट्न को लागी Neauro Hospital मा पुग्यौ । केही दिन अघि दाजू घर मा लड्नु भएको रहेछ। कसैलाई नचिन्ने र जे पायो त्यहि बोल्ने गर्नु हुंदो रहेछ । आमा लाई पनि भाई दाजू भन्नु भयो । मैले एक छीन कीच कीच गरेको रिसउनु भयो ।
माघ ७ गते सानु म इन्द्र दाजू पकली आमा को १ च २८८२ मा चढेर झापा को शिवगंजमा धरान को भाई नीरज आचर्य को बिबाह मा भाग लीन को लागी गयौ । १ छीन बिबाह मा बसेर हामी पनमारा को सानीमा लाई ली बैगुन्धुरा ठुलो बाबा को घर माँ पुगियो । साँझ माँ हामी धरान भगवती दीदी को घर माँ बास बसन पुगियो ।

BIPIN BABU GAUTAM: पकली

BIPIN BABU GAUTAM: पकली: "आज धेरै दिन पछि म blog लेख्दै छु। पकली मा मैले वर्ल्ड लिंक को नेट जोड़े पछि म पनि सबै साथी हरु संग नजिक ता छु तर अंग्रेजी राम्रो नभयेकोले बिद..."