गुरुवार, 15 जनवरी 2009

आज माघ २ गते २०६५ १५ जनुअरी २००९ बिहीबार


हिजो आज घर जाने दिन गन्न थालेर हो कि के हो? uniform पनि नलगाइ दिन हरु बिताउन् थालेको छु जनवरी को सुरु देखी नै म बिरामी भएको ले आज सम्म दिन बिताउने काम मात्र गरेर बसेको छु । आज बिहान् उठेर एक छीन हिंडे तर खुट्टा दुखिरहेको ले एक छीन मात्र हिंडेर सामान्य पेट हल्लाउने काम गरी नुहाय् । मेरो पेट को अवस्था त्यती राम्रो छैन जस्तो पनि लाग्यो आज कुखुरा गेढा गुढि भात् सँग खाएको दिन भरी नै पेट ले थाहा पाइ रह्यो । साँझ मा दही भात् khaaja को रुप म खाएर एक छीन निवास तर्फ मनोजित् भाई सँग गएर आएे ।बिहान भाई संग फोन मा कुरा गरेर ,बोलेर मैले समी लाई जन्म दिन को शुभ कामना दिएे। आज भाई ले पूजा लगाएको फोटो पनि पठाएको थियो , खुशी लाग्यो।

कोई टिप्पणी नहीं: